Skip to main content

Aama ko Sapana Exercise : Question Answers and Grammar | आमाको सपना

 पाठ १

आमाको सपना


शब्दभण्डार


१. उस्तै अर्थ दिने शब्दबिच जोडा मिलाउनुहोस् :


उषा – झिसमिसे उज्यालो
सपना – रमाइलो भविष्यको आशा वा कल्पना
यौवन – युवा अवस्था
कलिलो – कलकलाउँदो
सङ्ग्राम – लडाइँ
जडता – मूर्खता
कण्ठ – घाँटी
आशा – चाहेको वस्तु पाउने इच्छा

२. अर्थसँग मिल्ने शब्द पाठबाट खोजेर लेख्नुहोस् :


(क) राती जमिन, रुख, पात आदिमा पर्ने पानीका ससाना थोप्ला : शीत
(ख) ओठमा राखी दाहिने कुमतिर फर्काई बजाइने बासँ, निगालो आदिबाट बनाइएको बाजा : बाँसुरी
(ग) लिने वा समात्ने काम : ग्रहण
(घ) सिर्जना गर्ने क्षमता : सिर्जनाशक्ति
(ङ) सन्तुष्ट हुने वा पार्ने वचन : सान्त्वना
(च) वेगसित चलेको हावा : हुरी

३. दिइएका शब्दको पर्यायवाची शब्द लेख्नुहोस् र तिनलाई वाक्यमा प्रयोग पनि गर्नुहोस् :


वायु : हावा
प्रदूषित हावा गह्रौँ हुने हुनाले धेरै समयसम्म शहरभित्रै रुमल्लिएर बस्छ।

आमा : माता
हामीले माताको भावनामा चोट पुर्‍याउनु हुँदैन।

मधुर : मन्द
मेरो साथीको आवज सुनेर म मन्द भए ।

गरिमा : गौरव
उनको आफ्नो शक्तिको गौरव र अनुग्रह दुबै व्यक्त गरिन्।

करुणा : दया
मानव प्राणीमा कुनै दया वा करुणा छैन।

नगर : शहर
हामीले गत बिहीबार राती शहर छोड्यौं।

दक्ष : सक्षम, कुशल
राजधानीमा एक अत्यधिक कुशल सार्वजनिक यातायात प्रणाली छ।

एकान्त : सुनसान
पिर परेको समयमा सुनसान ठाउँको आवश्यकता पर्दछ ।

धरती : पृथ्वी
पृथ्वी एकमात्र ग्रह हो जसले जीवनलाई समर्थन गर्दछ।

शिशु : नानी
आमाले नानीलाई राम्ररी स्याहारसुसार गर्नुहुन्छ ।

४. दिइएका उखानको प्रयोग गरी आफ्नो जन्मस्थानको वर्णन गर्नुहोस् :

एकले थुकी सुकी सयले थुकी नदी, नजिकको तीर्थ हेला, जिउँदाको जन्ती मर्दाको मलामी, आफू भलो त जगतै भलो, एक हातले ताली बज्दैन

मेरो जन्म आजभन्दा करिव १७ वर्ष अगाडि नेपालको एउटा रमणीय गाउँ विसालटारमा भएको हो । पहाडको हरियो भोटोले बनेको गाउँ विसालटार मेरो मुटुको टुक्रा हो । सिन्दुमा हराएको बिन्दु जस्तै नेपालको भूमिमा सानो देखीएपनि मेरो गाउँ मेरो हृदयको धड़कन हो। मरो गाउँ प्राकृतिक दृष्टिलेनै हेर्दा राम्रो देखिएपनी नजिकको तीर्थ हेला भनेझैँ मानिस सुन्दरता खोज्दै अन्य सहरहरूमा लाग्छन् ।

एकले थुकी सुकी सयले थुकी नदी भनेझैँ सहरहरूको धुँवा र धुलो खानु भन्दा मानिसहरू गाउँ घुम्न आउने हो भने गाउँको पर्यटनविकास बढ्न सक्थ्यो । एक हातले ताली बज्दैन भनेझैँ सबै मिली गर्ने हो भर्ने यो काम सम्भव हुन सक्छ । मेरो लागि आफ्नो गाउँको मानिसहरू जिउदाको जन्ती मर्दाको मलामी हुन् । यहाँको मानिसको व्यवहारमा आफू भलो त जगतै भलो भन्ने सिद्धान्त भूल्किन्छ । मेरो गाउँका मानिसहरू मिलनसार बनि मिलिजुली बसेकाछन् ।

५. दिइएका पारिभाषिक शब्दलाई शब्दकोशीय अनुक्रममा मिलाउनुहोस् र शब्दकोशको सहायता लिई तिनको अर्थ पनि लेख्नुहोस् :

देवानी, फौजदारी, वारेस, सरजमिन मुचुल्का, अध्यादेश, अधिवक्ता, विधेयक, जमानत, बिगो, इजलास, कायलनामा, हदम्याद, सनाखत, तारिख

अनुक्रमअनुसार मिलाइएको :

अधिवक्ता, अध्यादेश, इजलास, कायलनामा, जमानत, तारिख, देवानी, फौजदारी, बिगो, मुचुल्का, वारेस, विधेयक, सनाखत, सरजमिन, हदम्याद

अर्थहरु :


देवानी :

फौजदारी मुद्दाबाहेक अरू मुद्दा हेर्ने वा सुल्झाउने

फौजदारी :

मारपिट, चोरी, डकैती, ज्यान आदि अपराधको न्यायिक कारवाही गरिने कुरासँग सम्बन्धित

वारेस :

उत्तराधिकारी

सरजमिन :

सम्बन्धित घटना घटेको वा समस्या परेको ठाउँ

मुचुल्का :

सरजमिनका मानिसहरूले लेखिदिएको बयानको कागज

अध्यादेश :

संसद्को अधिवेशन नभएको बेला खास

अधिवक्ता :

अधिकृत तहको कानुन व्यवसायी

विधेयक :

संसद्बाट पारित हुनुभन्दा पूर्वको कानुनी मस्यौदा

जमानत :

धितो, धरौटी

बिगो :

अनुचित किसिमले लिएको धनमाल वा सो धनमालमा दाबी गरिएको निश्चित रकम

इजलास :

अदातल

कायलनामा :

अपराध, कसुर वा गल्ती स्वीकार गरी लेखिदिने कागत

हदम्याद :

आखिरी म्याद

सनाखत :

भिडाउने वा चिनाउने काम, बेवारिसे लास आदि चिन्न लाउने काम

तारिख :

अदातलबाट झगडिया वा निजको वारिसलाई हाजिर हुन आउनू भनी लेखिदिएको मिति

बोध र अभिव्यक्ति


३. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :


(क) ‘त्यो’ र ‘तिमी’ भनेका को को हुन् ?

‘त्यो’ भनेको क्रान्ति वा भविष्यमा जन्मने वीर योद्धा वा क्रान्तिकारी सपूत हो र ‘तिमी’ भनेको सन्तान छोराछोरी हुन् ।

(ख) किन क्रान्तिको आवश्यकता परेको हो ?

वि.सं. २000 को आसपासमा सिर्जना गरिएको उक्त कविताले नेपाली समाज निरङ्कुश शासनको बढ्दो अन्याय-अत्याचार निर्मल दमन कुरीति भ्रष्टाचार विकृति विसङ्गति रूपी फोहोरबाट दुषित भएको नेपाली समाजमा परिवर्तन ल्याउन, स्वास्थ्य तुल्याउन क्रान्ति आवश्यक परेको हो ।

(ग) ‘त्यो हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउँछ’ भन्नुको तात्पर्य के हो ?

‘त्यो हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउँछ’ भन्नुको तात्पर्य कसैले पनि रोक्न नसक्ने गरी क्रान्ति आउँछ । आगो र पानीभन्दा पनि बढ्ता शक्तिशाली भएर आउँछ ।

(घ) माथिको कवितांशमा कस्तो शैलीको प्रयोग गरिएको छ ?

माथिको कवितांशमा गद्यलयात्मक संवादात्मक शैलीको प्रयोग गरिएको छ ।

४. तलको कवितांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :


(क) आमाको सपना के थियो ?

आफुले निरन्तर पाइरहेको बेदनाको कारण अब जन्म लिएका हरेक सन्तानलाई वीर साहसी र योद्धाको रूपमा हेर्ने अभिलाषा आमाले राखेकी छिन् तर त्यस किसिमको परिवर्तन आफ्नो वर्तमान सन्ततिबाट नभई आफ्नो भावी सन्ततिबाट मात्र हुने र आफूले मुक्ति पाउने सशक्त सपना थियो ।

(ख) ‘त्यो मिठो गीतले तिमीलाई आफ्नो बाँसुरी बनाएनछ’ भन्नुको तात्पर्य के हो ?

आमाको चाहना देशभक्त सन्तान जन्माई क्रान्तियोद्धा बनाएर स्वतन्त्रता दिलाउने थियो । आफ्नो सन्तानको कलिलो अनुहारमा आमाले परिवर्तनको छाया देखेकी थिइन् । तोते बोलीमा परिवर्तनको मधुर ध्वनि सुनेकी थिइन । तर त्यस गीतले आफ्ना सन्तानलाई मिठो सङगीत निकाल्ने बाँसुरी बनाउन नसकेकोमा आमाले चिन्ता व्यक्त गरेकी छन् । यही नै ‘त्यो मिठो गीतले तिमीलाई आफ्नो बाँसुरी बनाएछ’ भन्नुको तात्पर्य हो ।

५. कवितामा ‘आमा’ र ‘छोरा’ के केका प्रतीकका रूपमा प्रयोग गरिएका छन्, छलफल गर्नुहोस् ।

नेपाली साहित्य जगतमा प्रथम गद्य कविको रूपमा स्थापित भएका कवि गोपालप्रसाद रिमाल, प्रेम, विकृति, विसंगतिलाई आफ्नो कविताको माध्यमबाट प्रस्तुत गरी आवाज उठाउने समाजसुधारक अभिव्यक्ति प्रस्तुत गर्ने कवि हुन् । यस ‘ आमाको सपना ‘ पनि यिनै चर्चित कविबाट लेखीएको हो । उनले यस कवितामा नेपाली समाजको निरंकुश शासनको, अन्याय, अत्याचार, शोषण, दमन, कुरीति, भ्रष्टाचार, विकृति, विसंगति रूपी फोहोरबाट दुर्गन्धित बनेको कुरा प्रष्ट पारेका छन् । नेपाली समाजमा परिवर्तन ल्याउन क्रान्ति गर्न आवश्यक रहेको भाव कवितामा आमा र छोराको संवादबाट व्यक्त गरिएको छ ।

राणाशासनको अन्त्यपछि देशमा आएको अस्थिरताको कारण देशमा निकै समस्या आएको र यसकै कारण देश विकासको गति पनि रोकिएको कविले बताएका छन् । वि.सं. २००० को आस पासमा रचना गरिएको यस कविताद्वारा कविले हाम्रो समाज राजनीतिक दुर्गन्धको जालमा फसिरहेको अवस्थामा रहेकोले त्यसलाई स्वस्थ तुल्याउन क्रान्ति गर्न पर्ने सन्देश व्यक्त गरेका छन् । शोषण, अत्याचार, दमन, कुरीति, विकृतिबाट पीडित भइएकी नेपाल आमाले परिवर्तनको आशा भावी सन्ततिबाट राखेको कुरा कवितामा आशावादी ढंगले प्रस्तुत गरिएको पाइन्छ। आफुले निरन्तर पाइरहेको बेदनाको कारण अब जन्मलिने हरेक सन्तानलाई वीर साहसी योद्धाका रूपमा हेर्ने अभिलाषा नेपाल आमाले राखेकी छिन् । तर त्यस किसिमको परिवर्तन आफ्नो वर्तमान सन्ततिबाट नभई आफ्नो भावी सन्ततीबाट मात्रै हुने र आफुले मुक्ति पाउने सशक्त भाव व्यक्त गरेकी छिन् ।

अन्ततः यस कवितामा कविले आमाको रूपमा नेपाल आमा र छोराको रूपमा जनतालाई देखाएका छन् । नेपाल आमाले आपनो जनताबाट बिरताको अपेक्षा गरेकी छिन । वर्तमानको जनता बाट आफुले आश गरेको पाउन नसकेपछि नेपाल आमाले अब आउने भावी सन्ततिहरूमा क्रान्तीको चेतना हुने र बिहानको सूर्य क्रान्तीको किरण छर्दै देशलाई राम्रो दिशातर्फ मोड्ने कुराको आशा गरेकी छिन् ।

६. कवितामा कस्तो परिवेशको चित्रण गरिएको छ, छलफल गरी उत्तर दिनुहोस् ।

आमाको सपना कवितासङ्ग्रह (२०१९) मा सङगृहित छ । यो कविता शारदा पत्रिकामा वि.स. २००० सालमा पहिलो पटक प्रकाशित भएको थियो । वि.सं. १९९७ सालको सहिदकाण्डपछि राजनीतिबाट प्रभावित भई नेपालमा प्रजातन्त्र स्थापनका लागि क्रान्तिको आहवान गरेर गोपालप्रसाद रिमाल द्वारा रचिएको यो कविता क्रान्ति चेतनाले भरिएको क्रान्तिकविता हो ।

आमा र छोराको संवाद जसरी रचित यस कवितामा कविले नेपाली समाज निरंकुश शासनको कारणले अन्याय र शोषण मा परेको बताएका छन् । २००७ सालको क्रान्तिको पूर्वगानका रूपमा रचिएको यस कवितामा कान्तिपूर्वका क्रान्ति प्रतिका आशङ्का र निरङकुशताको अन्त्य भई शोषणमुक्त प्रजातान्त्रिक समाजको निर्माण भई क्रान्तिका सपनाहरू परिपूर्ण हुने विश्वास व्यक्त गरिएको छ । राजनैतिक अस्थिरताको कारणले देशमा निकै समस्या आएको र यसको कारणले देशको विकासको गति रोकिएको कुरा कविले बताएका छन्। क्रान्ति बिना शान्ति हुँदैन र अधर्म, असत्य र अन्यायको अन्त्य धर्म, सत्य र न्यायको स्थापनाका निम्ति क्रान्ति अवश्यंभावी छ । एक न एक दिन क्रान्तिको आँधीबेहेरी, तुफान आई कुलरात्रीको अन्त्य भई सुनौलो बिहानीको आगमन भएरै छाड्छ भन्ने कटु सत्यलाई नेपाल आमाका माध्यमबाट यस कवितामा व्यक्त गरिएको छ । वि.स. २००० तिर लेखिएको यस कवितामा त्यतिबेलाको समाजको परिवेशको चित्रण गरिएको छ । सरकार राम्रो नभएको हुनाले देशमा हिंसा, हत्या, अत्याचार बढेको र देशलाई स्वस्थ बनाउनका लागि क्रान्ति आवश्यक भएको कविले बताएका छन् । तत्कालीन समयका युवालाई कविले कविताको माध्यमबाट अहिलेको पिँढीमा वीरताको कमी भएको भन्दै सचेत पारेका छन् । अबका पुरतालाई नयाँ जोश र जाँगरले नै देशमा क्रान्ति ल्याउन र देशको मुहार फेर्नका लागि कविताबाट आग्रह गरिएको छ ।

अतः यस कवितामा देश र जनताको मुक्तिका लागि क्रान्ति अवश्यम्भावी भएको अनि क्रान्तिप्रति संशय र आशङ्का भएको परिवेशका साथै जनतामा राजनीतिक सचेतना वृद्धि हुँदै गएको एवं निरङ्कुश शासनको विरुद्धमा विद्रोहको स्वर बुलन्द हुँदै गएको, प्रजातन्त्रप्रति आशावादी सोच पलाउँदै गएको, निरङ्कुशताका बिचमा पनि विद्रोहको स्वर गुञ्जायस अनि उकुसमुकुसको निरङ्कुश जहानियाँ राणाशासनकालको वातावरण र परिवेशको चित्रणसँगै क्रन्तिप्रतिको आशावादी दृष्टिकोण प्रस्तुत गरिएको पाइन्छ ।

७. ‘मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल मुसारिरहनुपर्ने छैन’कवितांशबाट कविले के भन्न खोजेका हुन्, आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

आमाको सपना कविता कवि गोपालप्रसाद रिमालको सर्वोत्कृष्ट रचना हो । नेपाली साहित्य जगतमा प्रथम गद्य कविको रूपमा स्थापित भएका गोपाल प्रसाद रिमाल प्रकृति, प्रेम, विकृति, विसङ्गतिलाई आफ्नो कविताको माध्यमबाट प्रस्तुत गरी आवाज उठाउने समाजसुधारक अभिव्यक्ति प्रस्तुत गर्ने कवि हुन् ।

आमा र छाराको संवाद जसरी रचित यस कवितामा कविले नेपाली समाज निरकुंश शासनको कारणले अन्याय र शोषणमा परेको बताएका छन । उनले यस कवितामा आमाले आफूले देखेको क्रान्तिको सपनाप्रति छोराको संशय निवारण गरी विश्वास दिलाएकी छिन् । आजसम्म क्रान्तिपुत्र जन्मन नसकेको तर । भविष्यमा जन्मने त्यो क्रान्तिपुत्र हिउँ र आगोभन्दा पनि बढ्ता छोइने महान् क्रान्तियोद्वा हुने छ जसले क्रान्तिको नेतृत्व गरी क्रान्तिको आँधीबेहरी ल्याउने छ, त्यस अवस्थामा नेपाल आमाका सन्ततिहरु निरङ्कुशताका विरुद्ध प्राणको बाजी थापी क्रान्तिमा होमिने छन् । सारा नेपालीको रगत उम्लने छ अनि नसानसामा देशभक्ति भाव सल्बलाउने छ । यस अवस्थामा । नेपाल आमाले रोगीलाई ॐ सन्तानको कपाल मुसारिरहनुपर्ने अवस्था हुँदैन । आमालाई सान्त्वना दिँदै कुशासनको । अन्त्यका लागि सङ्ग्राममा जान लालायित हुने छन् । नेपाल आमालाई निरङ्कुशताको जञ्जीरबाट मुक्ति दिलाई देशमा । प्रजातन्त्र ल्याउनका लागि नेपाल आमाका सन्तानहरु क्रान्तिमा होमिने छन् ।

अन्ततः यस वाक्यबाट कविले अब आउने भाबी पुस्ता क्रान्ति ल्याएपछि त्यस क्रान्ति पछिका सम्पूर्ण नेपाली जनताहरू धेरै अगी बढ्नेछन् र रोगी झै भएर बस्ने छैनन् अनि आफ्नो हकको लागि आवाज उठाउने छन् भनेर व्यक्त गर्न खोजेको हुन् ।

८. ‘आमाको सपना’ कवितामा कविले क्रान्ति किन र कसरी आउने कल्पना गरेका छन्, दिइएका बुँदालाई समेत आधार बनाई समीक्षात्मक प्रतिक्रिया लेख्नुहोस् :

आमाको सपना कविता कवि गोपालप्रसाद रिमालको सर्वोत्कृष्ट रचना हो । यस कवितामा कविले नेपाली समाजको निरंकुश शासनको अन्याय, अत्याचार, शोषण, दमन, कुरीति, भ्रष्टाचार, विकृति, विसंगति रुपि फोहारबाट दुर्गन्धित बनेको छ र नेपाली समाजमा परिवर्तन ल्याउन, क्रान्ति गर्न आवश्यक रहेको भाव कवितामा आमा र छोराको संवादबाट प्रष्ट पारेका छन् ।

आमाको सपना कविता एक क्रान्तिकारी भाव जगाउने कविता हो । वि.सं 2000 को आसपासमा सिर्जना गरिएको उक्त कविताले राणाशासन पछि राजनैतिक पहिस अस्थिरताका कारण देश पछि परेको समयमा जनतालाई उर्जाशिल भएर देश विकासमा लाग्न अनुरोध गरेका छन् । निरङकुश शासनको अन्याय र अत्याचारलाई चिरेर सुन्दर भविष्यको कल्पना गर्न क्रान्ति चाहिएको हो भनेर कविले आमाको माध्यमबाट कवितामा प्रस्तुत गरेका छन् । नेपाल आमालाई आशावादी रहेको देखाएर आउने पुस्ता हावाको भन्दा चर्को बेग हुने र बिहानको सूर्य जस्तो विकराल र उज्यालोको क्रान्ति हुँदै आउने कुरा कवितामा गरिएको छ ।

अन्ततः कवितामा कविले नेपाल आमालाई निरङ्कुशताको जञ्जीरवाट मुक्ति दिलाउनुका साथै नेपाली जनताले जीवन रक्षाका लागि अर्को आश्रय खोज्नुपर्ने अवस्थाको अन्त्य गरी | सम्पूर्ण जनतालाई स्वतन्त्रता दिलाउन र समतामूलक समाजको निर्माण गरी आमाको समृद्धिको सपना साकार पार्न आउने कल्पना कविले आमाका माध्यमबाट प्रकट गरेका छन् ।

९. आमाको सपना के हो र त्यो कसरी साकार हुन सक्छ, ‘आमाको सपना’ कविताका आधारमा समीक्षात्मक उत्तर लेख्नुहोस् ।

नेपाली कविताका प्रथम गद्य कवि गोपालप्रसाद रिमाल (वि.सं. १९७५-२०३०) द्वारा रचित ‘आमाको सपना’ नामक कविता राष्ट्र प्रेमको भावनाले ओतप्रोत र उत्कृष्ट क्रान्तिकारी विचार अभिव्यक्त भएको कविता हो । उनका कवितामा नेपाली समाजमा व्याप्त अन्याय, अत्याचार, शोषण, दमन, कुरीति, भ्रष्टाचार आदिका विरुद्धमा क्रान्तिकारी आवाज उठाइएको पाइन्छ । ‘आमाको सपना’ कवितामा कविले नेपाली समाज निरङ्कुश रासकको अव्याय, अत्याचार, विकृति, विसङ्गति रूपी फोहोरबाट दुर्गान्दित बनेको छ र यसलाई स्वस्थ तुल्याउन क्रान्ति गर्न आवश्यक रहेको भाव कवितामा उपस्थित आमा र छाराको बिचको संवादको माध्यमबाट व्यक्त गरेका छन् ।

कवितामा अभिव्यक्त विषयवस्तुका आधारमा आमाको सपना क्रान्ति तथा परिवर्तन हो । निरङकुशता अन्याय, अत्याचार, विकृति, विसङ्गति आदिको अन्त्य गर्दै जनतालाई स्वतन्त्रता दिलाउनका साथै आफ्ना सन्तान निडर, आत्मविश्वासी र स्वाबलम्बनका सपना आमाले देखेकी छिन । क्रान्ति आउने कुरामा आमाको आशावादी दृष्टिकोण कवितामा प्रस्तुत गरिएको छ । नेपाल आमाले शिशुकै कलिलो मुहारमा क्रान्तिको छाप देख्न चाहन्छिन् र बालकको तोते बोलीमा क्रान्तिपुरुषका मदुरवाणी सुन्न चाहन्छिन् । यस कवितामा नेपाल आमाले आफ्नै सन्तानलाई वीर योद्धा बनाएर क्रान्तिकारी गीत घन्काउन चाहेको भाव पनि व्यक्त भएको देखिन्छ । क्रान्तिको अवतरण भएपछि क्रान्ति चेतना शून्य शिशु पनि यसको अनुयायी हुनेछ अनि क्रान्तिको विगुल पुगेपछि सत्यमाथि हुने अन्याय, अत्याचार विरुद्ध सबै जनताहरू लागि पर्नेछन् । समाजमा विद्यमान अन्याय, अत्याचार विरुद्ध सबैलाई क्रान्तिमा होमिन आह्वान गर्ने उद्देश्यले यस कवितामा विस्तार भएको छ ।

अन्ततः आमाले आफूले निरन्तर पाइरहेको वेदनाको कारण अब जन्मलिने हरेक सन्तान, साहसी योद्धाको रुपमा हेर्ने अभिलाषा कविले राखेका छन् तर त्यस किसिम‌को परिवर्तन आफ्नो वर्तमान सन्ततिबाट नभई आफ्नो भावी सन्ततिबाट मात्र हुने र आफूले मुक्ति पाउने सशक्त भाव कवितामा व्यक्त गरेका छन् ।

१०. दिएको अनुच्छेद पढी सोधिएको प्रश्नको छोटो उत्तर दिनुहोस् :


(क) पदक्रमका आधारमा संसारका भाषालाई कति प्रकारमा वर्गीकरण गरिएको छ ?

पदक्रमका आधारमा संसारका भाषालाई ६ प्रकारमा वर्गीकरण गरिएको छ ।

(ख) नेपाली र अङ्ग्रेजी कस्तो कस्तो पदक्रम भएका भाषा हुन् ?

नेपाली कर्ता, कर्म र क्रिया र अङ्ग्रेजी कर्ता, क्रिया र कर्मको पदक्रम भएका भाषा हुन् ।

(ग) ब्याकरणिक पदक्रम र आलङ्कारिक पदक्रममा के भिन्नता छ ?

ब्याकरणिक पदक्रममा कर्ता, कर्म र क्रियाको निश्चित क्रमवद्धतामा वाक्यात्मक संरचना हुन्छ भने आलङ्कारिक पदक्रममा स्रष्टाले भनाइमा जोड दिन वा शीर्ष बन्न कर्ता, कर्म र क्रियाको क्रमबद्धतालाई भड़ गरी पदको प्रयोग गर्दा विचलन भएको हुन्छ ।

(घ) भाषामा विचलन किन हुन्छ ?

भाषामा प्रधानाता दिन भाषामा विचलन हुन्छ ।

११. दिइएको कवितांश लाई सामान्य पदक्रममा रुपान्तरण गर्नुहोस र कवितांशले भन्न खोजको कुरा के हो छलफल गरी उत्तर दिनुहोस् :

तिमी सत्य कुरालाई यसरी चुम्बकिएर कथा सुने झैँ सुन्ने छैनौ । तिमी त्यसलाई आफैँ नै देख्न सक्ने, सहन सक्ने र ग्रहण गर्न सक्ने हुने छौ । तिमी मैले यसरी धैर्य दिनुको सट्टा सङ्ग्राममा जाँदा लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई सान्त्वना दिँदै विदा हुने छौं ।

Comments

Popular posts from this blog

Sunita Williams Smiles as She Returns Home After 286 Days in Space

  Sunita Williams Smiles As She Returns Home After 286 Days. Sunita Williams, a renowned NASA astronaut, has made headlines once again with her remarkable journey in space. After spending an extended period of 286 days orbiting Earth, Williams has finally returned home, marking the end of a mission initially planned for just 10 days. This extraordinary feat showcases her resilience and highlights the complexities and challenges of space exploration. The Mission Williams, along with fellow astronaut Butch Wilmore, embarked on the first crewed mission of Boeing's Starliner spacecraft in June 2024. The mission was intended to be a brief test flight to demonstrate Starliner's capability to carry astronauts to and from the International Space Station (ISS). However, due to unforeseen technical issues, the duo found themselves extending their stay on the ISS for nearly nine months 6 7 . The Challenges The Starliner mission faced several setbacks, including malfunctioning thrusters th...

I Went to School for 18 Years... and Got Pranked by Life!

 Hey, I'm Shishir. I'm from Nepal, and now I'm living in Perth, Australia. And here's something I've been thinking about: I spent 18 years of my life going to school. Yeah, 18. I'm 20 now, and honestly? I'm still trying to figure out if it was all... worth it.  It felt like a full-time job. 10 to 4, every day. Backpack stuffed with textbooks, notebooks spilling out, sometimes even an extra bag. Then home, the real work started: homework, test prep, the constant pressure to get better grades. I was convinced that if I worked hard enough, I'd unlock some secret to success. That was the routine until Grade 10. Then came the big decisions: Morning classes or day classes? (Day classes, obviously. Who wants to freeze in the winter?) And then the even bigger ones: Science, commerce, arts, law? What college? I ended up at a pricey college in Kathmandu, because a relative went there. Looking back, I think, "Why didn't I just go somewhere more affordable...

Aama ko Sapana Exercise : Question Answers and Grammar | Neb Class 12

  Aama ko Sapana Exercise : Question Answers and Grammar | Mother's dream Shishir bhattarai , 2024   Lesson 1 Mother's dream vocabulary 1. Pair between words that have the same meaning: Usha  – Bright dreams  – Hope for a happy future or imagination Youth  – Youth – Youth  – Struggling struggle  – Fight inertia  – Foolishness –  Throat hope  – Desire to get what you want 2. Search and write a word that matches the meaning from the text: (a) Small drops of water falling on the ground, trees, leaves, etc. at night:  Cold   (b) Instrument made from bamboo, swallow, etc. played by turning it to the right groin with  the lips:  Flute (c) Ability to take or hold:  Ability to create eclipse (d) Creativity (e) To be satisfied or to be satisfied :  Consolation (f) Wind speeding:  Wind 3. Write a synonym for the given word and use them in a sentence: Air : Air pollution is  heavy, so it remains in the city f...