पाठ १ आमाको सपना शब्दभण्डार १. उस्तै अर्थ दिने शब्दबिच जोडा मिलाउनुहोस् : उषा – झिसमिसे उज्यालो सपना – रमाइलो भविष्यको आशा वा कल्पना यौवन – युवा अवस्था कलिलो – कलकलाउँदो सङ्ग्राम – लडाइँ जडता – मूर्खता कण्ठ – घाँटी आशा – चाहेको वस्तु पाउने इच्छा २. अर्थसँग मिल्ने शब्द पाठबाट खोजेर लेख्नुहोस् : (क) राती जमिन, रुख, पात आदिमा पर्ने पानीका ससाना थोप्ला : शीत (ख) ओठमा राखी दाहिने कुमतिर फर्काई बजाइने बासँ, निगालो आदिबाट बनाइएको बाजा : बाँसुरी (ग) लिने वा समात्ने काम : ग्रहण (घ) सिर्जना गर्ने क्षमता : सिर्जनाशक्ति (ङ) सन्तुष्ट हुने वा पार्ने वचन : सान्त्वना (च) वेगसित चलेको हावा : हुरी ३. दिइएका शब्दको पर्यायवाची शब्द लेख्नुहोस् र तिनलाई वाक्यमा प्रयोग पनि गर्नुहोस् : वायु : हावा प्रदूषित हावा गह्रौँ हुने हुनाले धेरै समयसम्म शहरभित्रै रुमल्लिएर बस्छ। आमा : माता हामीले माताको भावनामा चोट पुर्याउनु हुँदैन। मधुर : मन्द मेरो साथीको आवज सुनेर म मन्द भए । गरिमा : गौरव उनको आफ्नो शक्ति...